• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

ट्रम्प र जेलेन्स्कि बिच वार्ता असफल : ह्वाइटहाउस बाट निकालिए जेलेन्स्कि

शनिबार, फागुन १७ २०८१०५:३०

ट्रम्प र जेलेन्स्कि बिच वार्ता असफल : ह्वाइटहाउस बाट निकालिए जेलेन्स्कि

१७ फागुन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच भएको वार्ता असफल भएको छ।मिडियाकै सामुन्न भएको वार्ताले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ ।

बहसमै चर्काचर्कि पर्याे अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो । यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए ।

‘राष्ट्रपति ट्रम्पले कयौं महत्वपूर्ण सम्झौतालाई टुंग्याएका छन् । तर, त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की यसरी आक्रामकताका साथ प्रस्तुत हुन्छन् भने वार्ता कसरी सम्भव हुन्छ ? जेलेन्स्की शान्तिसम्झौताको कुरा त गर्छन् तर सम्भवतः त्यो चाहँदैनन् । ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, पत्रकार सम्मेलन पनि रद्दभयो युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् ।

फक्स न्युजसँग कुराकानी गर्दै जेलेन्स्कीले भनेका छन्, ‘मलाई लाग्छ, मैले माफी माग्न जरुरी छैन । म अमेरिकी राष्ट्रपति र अमेरिकी जनतालाई सधैं सम्मान गर्छु । मलाई लाग्दैन कि मैले कुनै गल्ती गरेको छु । लोकतन्त्र र स्वतन्त्र मिडियाको आदर गर्दै म भन्न चाहन्छु कि केही कुरामा मिडियाभन्दा अलग रहेर वार्ता गर्न आवश्यक हुन्छ उनी वार्तालाई मिडियामा ल्याउन चाहन्थेनन्।


प्रतिक्रिया दिनुहोस