• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

शनिबार, साउन ९ २०८३०६:३५

एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

९ साउन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित सहमति गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीब्र तुल्याउन दुई दल सहमतिमा पुगेको उल्लेख गरिएको छ ।

सहमतिपत्रमा अन्य तीन बुँदा उल्लेख छन् । पहिलोमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने, दोस्रो बुँदामा तीन प्रदेशका सरकारको नेतृत्व एमाले र दुई मा नेपाली कम्युनिस्ट पार्टीले गर्ने उल्लेख छ ।

जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने उल्लेख छ ।

तेस्रो बुँदामा मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका सन्दर्भमा अन्य दलसँग परामर्श गर्ने भनिएको छ ।

जेन्जि प्रदर्शन पछि एक आपसमा व्यङ्ग्यत्मक गाली गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयाेजक प्रचण्ड बिच पहिलो लिखित सहमति हाे।

           

Screenshot_20260725_182109.jpg
undefined

 

 


प्रतिक्रिया दिनुहोस