• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

बुधबार, असार ३१ २०८३०३:१६

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

३१ असार काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे ।

२२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको हाे ।

मिकेल ओयार्जाबलले पेनाल्टी मार्फत गाेल गरे । त्यसपछि ५८औं मिनेटमा दानी ओल्मोको असिस्टमा पेड्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र स्पेन २–० ले विजयी भयो । जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन ।

सन् २०१० को विश्वविजेता स्पेन १६ बर्ष पछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो ।

२०२२ काे खेलमा द्राेसाे हाफकाे अन्तिम तिर लगातार तीन गाेल हानेर टिमलाई पेनाल्टी मा पुर्याएका एमबाप्पे ले भने एक षाेल हान्न सकेनन् अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस