१२ साउन काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ।
बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची रहेको छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका, डा. राजीव सुब्बा को नाम सिफारिस गर्ने निर्णय गरेको थियो
। यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समितिका सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।
संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।
संसदीय सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरुमाथि परेका उजुरीहरु र कार्ययोजनाको अध्ययन गरिने छ ।
