६ जेठ काठमाडौं । कालिकोट कर्णसिंह तिरुवा फाउन्डेसनले गरिब जेहेन्दार ,दलित , विपन्न तथा असाय विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
शान्नित्रिवेणि गाउपालिका मुम्रा स्थित स्वर्गीय कर्णसिंह तिरुवाकाे नाममा खाेलिएकाे फाउन्डेसनले छात्रवृत्ति कार्यक्रम घाेषणा गरेको हाे।
०८२ काे see नतिजा प्रकाशित भएलगत्तै याे कार्यक्रम घाेषणा गरिएको फाउन्डेसनका संस्थापक सदस्य राम बहादुर तिरुवाले जानकारी दिए।उनले भने आर्थिक अभावका कारण थुप्रै विद्यार्थीहरु एसइइ पछि पठनपाठन छाेड्न बाध्य हुनेभएकोले पालिकामा यस्तो समस्या घटाउन छात्रवृत्ति कार्यक्रम तयार पारेको उनको भनाइ छ।
फाउन्डेसनका अध्यक्ष जीवन तिरुवाद्रारा हस्ताक्षर सुचनामा भनिएको छ इच्छुक विद्यार्थी हरुले आवश्यक कागजात सहित फर्म भर्न सकिनेछ ।( शिक्षामा लगानी भविष्य काे ,सुनिश्चितता ) भन्ने नारालाई प्राथमिकता दिइएको छ।
छात्रवृत्ति प्रक्रियामा छनाेट विद्यार्थीले फाउन्डेसनले समन्वय गरेको क्याम्पस ´क्यास्पिएन भ्याली कलेज` कुमारीपाटि,ललितपुर मा पढ्नु पर्ने सुचनामा उल्लेख गरिएको छ।प्राप्त सुचना अनुसार थप जानकारीका लागि ९८४८३०७४३१वा 9842330071 मा सम्पर्क गर्न सकिने व्यवहारा उल्लेख छ।
