• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन

आइतबार, भदौ ५ २०७९०३:४९

विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन

।प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस