• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

सप्तरीमा गाेलि चल्दा एकजनाको मृत्यु

बुधबार, साउन २१ २०८२०८:१९

सप्तरीमा गाेलि चल्दा एकजनाको मृत्यु

२१ साउन काठमाडौं । सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो ।

उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको डीएसपी बस्नेतकाे भनाइ छ। प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए। गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पुर्‍याइएको थियो ।

उनको त्यहीँ मृत्यु भएको डीएसपी बस्नेतले बताए । प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । त्यहाँ अरु मदिरा पनि थियो । मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले डुङ्गामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस