४ साउन काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ ।
धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए ।
साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाटकाे पहिरो भने पन्छाउने क्रम जारी छ । वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै यातायातका साधन सन्चालनमा रोक लगाएको थियो ।
पहिरो पन्छाइसकिएपछि सवारी साधन सन्चालन हुन दिने प्रहरीले जनाएको छ । त्यसैगरी बीपी राजमार्ग पनि लेदोसहितको पहिरोका कारण बन्द छ । यी दुईबाहेक अन्य प्रमुख सडक भने सञ्चालनमै रहेका प्रहरीले जनाएको छ ।
