२७ साउन काठमाडौं । चितवनको खैरहनी नगरपालिका स्थित नापी कार्यालय कार्यालय खैरहनीका कार्यालय प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रुपमा प्रवेश गरेका दुई युवाले मोसो छ्यापेका छन् ।
आज दिउँसो सेवाग्राहीका रुपमा कार्यालय प्रमुख लम्सालको नजिकै पुगेर मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले भागेका युवाहरूको खोजी कार्य थालिएको बताएकाछन।
अपरिचित दुई जनाले आएर कालोमोसो छ्यापेर भागे पनि , उनीहरुको खोजी जारी छ, एसपी पुरीले भने, ‘पहिचान पनि भैसकेको छ चाँडै पक्राउ गरिनेछ । किन उनीहरुले कार्यालय प्रमुख लम्सालमाथि कालोमोसो छ्यापे भन्ने बारेमा खुल्न नसकेको बताए । घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।
यता नेकपा बहुमतका नेता कार्यकर्ताले भने कार्यलयमा विभिन्न तरिकाले भ्रष्टाचार गर्ने गरेको ले कालाे माेसाे छ्यापेकाे सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
