१ भदौ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका मिश्री आइतबार काठमाडौं आइपुगेका थिए उनले परराष्ट्रमन्त्री सँग भेटवार्ता गरेका हुन् ।
भेटपछि परराष्ट्रमन्त्री डा. राणाले सामाजिक सञ्चालमा लेखेकी छन्- हामीले हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा केन्द्रित हुँदै भारत-नेपाल सम्बन्धको पूर्ण दायराबारे छलफल गर्यौं। नेपालले भारतको छिमेकी पहिलो नीतिको कदर गर्दछ र हाम्रो द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ।उनले भनिन् हाम्रो सम्बन्ध सधै मित्रतापुर्ण हुन जरुर छ।
यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए ।भेटमा भित्री कुरा के भयो भन्ने खुलेको छैन ।
