• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

ट्रकको ठक्करबाट बालकको मृत्यु : सुर्खेत बन्दको घाेषणा

बिहीबार , असोज ९ २०८२०९:१६

ट्रकको ठक्करबाट बालकको मृत्यु : सुर्खेत बन्दको घाेषणा

९ असाेज काठमाडौं ।कर्णाली राजमार्ग अन्तरगत रामाघाटमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ।असाेज ८ गते करिब ४ :३० बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थित रामघाटमा मृत्यु भएको हाे।मृत्यु हुनेमा कालिकोट खाँडाचक्र नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष १८ का एडमन शाही रहेका छन। सुर्खेतबाट कालिकोट जाँदै गर्दा रामाघाटमा सडकको छेउ नजिकैको खाजापसलमा बाहिर उभिएर खाजाखाइरहेका बेला कर्णाली प्रदेश ०२००१ख०२७५ नम्बरको ट्रकले पछाडिबाट किचेर मारेको अाफन्तकाे भनाइ रहेको छ।

अहिले मृतकका अाफन्तले सवारी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन । सवारी चालक दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष ४८ काे बालाराम खड्काकाे नाममा किटानी जाहेरी दिइएको हाे।ज्यान मार्ने उदेश्यले पछाडि सारेर मारेको हुँदा सवारी कसुर सँगै ज्यानकेशमा सवारी चालकलाई कानुनी कार्वाही हुनुपर्ने अाफन्तकाे माग छ।

अाज मात्र मध्यपश्चिम ट्रक व्यावसायिसँघ सँग छलफल गर्दा पिडितलाई सान्त्वना दिनुको सट्टा छलफल काे व्यवास्था गरि जे सकिन्छ गरेहुन्छ। २५ दिनमा गाडी चालकलाई निकालिन्छ भन्ने अभिव्यक्ति दिएपछि १० गते सुर्खेत बन्दको घाेषणा गरिएको निवेदक मलयराज शाहीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस