• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी नै खुलेको छ

सोमबार, असोज १३ २०८२०७:४९

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी नै खुलेको छ

१३ असोज काठमाडौं । तुइन खोला खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।

आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो ।

तर पहिरो झरिरहेको थियो । चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस