• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

रास्वपा विभाजन उनेपाकाे अध्यक्षमा कुलमान

शनिबार, पुस २६ २०८२०५:१२

रास्वपा  विभाजन उनेपाकाे अध्यक्षमा कुलमान

२६ पुस काठमाडौं ।निवर्तमान मन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीकाे अध्यक्ष बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सँग एकता गरि सहसंयाेजक बनेका घिसिङ एकता भंग गरि आफै पार्टीको अध्यक्ष बनेका हुन।

रास्वपा नेपालसँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीले कुलमानलाई अध्यक्षमा नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो ।

आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् । रास्वपा र उनेपाकाे एकता वैचारिक रुपमा स्पष्टता नभएपछि पार्टी विभाजन हुन पुगेको स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस