१ माघ काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको गगन थापा समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जादै छ ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित थापा –शर्मा समूह निर्वाचन आयोग जान लागेको हो । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको स्रोतकाे भनाइ छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरणका लागि निर्वाचन आयाेग जाने तयारी गरिएको हाे ।एक केन्द्रीय सदस्यका अनुसार आज दिउँसो १२ बजे पछि निर्वाचन आयाेगमा जाँदैछाैं बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो ।
देउवा संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुलाई पाँच वर्षका लागि कारबाही गरेको छ । कार्वाही पछि महाधिवेशन बाट सभापति बनेका थापा भने काँग्रेस थप एकढिक्का र बलियो हुने बताउँछन्
