• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

प्रचण्ड मनाेनयन दर्ताको लागि रुकुम पुर्व जाँदै

सोमबार, माघ ५ २०८२११:१९

प्रचण्ड मनाेनयन दर्ताको लागि रुकुम पुर्व जाँदै

५ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल ( प्रचण्ड) आज साँझ रुकुमपूर्व जाँदैछन् ।

फागुन२१ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।

नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि तयारी पूरा भइसकेको छ। स्राेतका अनुसार प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका रहेको छ। साथै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र भेटघाट हुनेछ ।

२०७९ को निर्वाचनमा बाबुरामकाे सहयोगमा गोरखा-२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक बाबुरामले सहयोग नगर्ने देखेपछि सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् । रुकुम पुर्व भने उनको जित सुनिश्चित भएको पार्टी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस