सरकारले १३औं साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफमा पहिलो पटक उपविजेता बन्दै इतिहास रचेको टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
