हिन्दु हरुकाे महान चाडका रुपमा मनाइने रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी भू-भागहरुमा म
नाइँदैछ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइरहेका छन।
काठमाडौंको बसन्तपुर, कीर्तिपुर र त्रिभुवनविश्वविधालय का प्राङ्गणमा होली विशेष कार्यक्रम चलिरहेका छन । बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।
युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।यस्तै गरि कीर्तिपुरमा सुदुरपश्चिम, मध्यपश्चिम लगाएतका पश्चिमका क्षेत्रका युवायुवती जम्मा भइ अा अाफ्नै संस्कृतिका देउडा ,लाेक दाेहाेरि लगाएर मनाइ रहेका छन् ।
बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।काठमाडौं का सबै चाेक चाैताराहरुमा रङ्गले भरिएको छ
