• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

माओवादी आन्दोलन र विर्दाेह

केवी मल्ल नेकपा (माओवादी )

शनिबार, भदौ ८ २०८१०१:३४

माओवादी आन्दोलन र विर्दाेह

                             

         नेपालमा वर्गीय उत्पीडन अन्याय अत्याचारका विरुद्ध तत्कालीन प्रतिक्रियावादी राज्यसत्ताको ध्वँस गरि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न २०५२ फाल्गुन १ गतेदेखी शसस्त्र सँघर्ष सहीतको महान जनयुद्धको उदघोष गरियो ।जनयुद्ध नेपाली राजनितिक आन्दोलनको इतिहासमम एक ऐतिहासिक परिघटना मात्र नभयर साहासिक राजनितिक र्बिद्रोह थियो।जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहे भने त्यसपछीका समय र बर्षहरु विघटन र पराजयका अवधिका रुपमा रहयो ।माओवादी आन्दोलनमा आयको श्रृङ्खलाबद्ध बिचलनका बिरुद्ध क्रान्तिकारी शक्तिहरुको बिद्रोह पनि भैइनैरहयो।शान्ति प्रक्रिया को सुरुवातमै नेतृत्वमा भयानक रुपमा बिचलनल आउना थाल्यो।पार्टी भित्रै अबिजात बर्गको जन्म भयो। माओवादी जनयुद्ध विशाल ग्रामिण भुभागमा सफल भयो।केन्द्रीय सत्ता र शहरमा जरा गाडेर बसेका ठुला पुँजिपती र सामान्त हरु चौतर्फी घेराबन्दीमा परेपनी माओवादी शान्तिप्रक्रियापछी यिनिहरु फेरि जुरमुराय र माओवादी का बहुसँख्यक नेतृत्वलाइ सँसदिय राजनितिको भासमा फसाउदै जनयुद्धका आधारभुत मूल्य र मान्यताबाट बिचलित गराउना प्रतिक्रियावादीहरु सफल रहे।

१ कमरेड किरणको बिद्र‍ोह शान्तिप्रक्रिया र संविधान सभाको पहिलो निर्वाचनपछी नै माओवादीमा कार्यदिशा र नेतृत्वको बदलिदो कार्यशैलिप्रती प्रश्न उठदै आयको थियो।एकातिर जनबिद्रोह भनेर जनता र कार्यकर्ता लाई भ्रमित बनाउदै गुमराहामा राख्ने गरियो भने अर्को तर्फ संसदिय राजनितिक दलहरुसँग बिभिन्न मुद्दामा सहमति र सहकार्यको नाममा जनयुद्ध का मूल्य मान्यता र आदर्शहरुलाइ च्युत गर्न थालियो यसपछी तत्कालीन उपाध्यक्ष मोहनवैद्य किरणको जनयुद्धको जगमा जनबिद्रोह भन्ने कार्यदिशासहित क्रान्तिकारी हरु अलग हुन बाध्य भय।दोस्रो संविधान सभा बहिष्कार भयो।तर कार्यदिशा जनबिद्रोह भनेपनि व्यवहारमा उहीँ संसदिय पार्टीकै चरित्र देखा पर्न थाले यान्त्रीक र जडसुत्रीय बिचारबाट नेतृत्व मुक्त हुन सकेन।सैदान्तीक रुपमा मात्र क्रान्तिकारी कार्यदिशा पकडेर हुदैन ब्यवहारिक रुपमा जनता र क्रान्तिसँग जोडिनु पर्छ।सिद्धान्तका किताब लेख्ने विद्वानले पनि अर्को संस्करण संशोधित र परिमार्जित लेखेर नयाँ गतिका कुराहरू थपेका हुन्छन । सिद्धान्तलाई स्थिर मानेर समाजका अन्य अवयवहरूमा मात्र परिवर्तन खोजियो भने जडसूत्रवादी भैइन्छ । त्यस्तो सिद्धान्त आर्थिक-सामाजिक परिवर्तनका निम्ति काम लाग्दैन । व्यवहारिक त झन् पटक्कै हुँदैन । यसरी बैधसँग पनि एकीकृत जनक्रान्तिको नयाँ कार्य दिशा सहित कमरेड बिप्लबको नेतृत्वमा फेरि बिद्रोह भयो।

२ विप्लव र धर्मेन्द्र को बिद्रोह विप्लवकाे नेतृत्वमा पार्टी पुनगठनपछी क्रान्तिकारी पंतीमा केही नयाँ आशा र उत्साह पलायको थियो।बर्गसँघर्षको सुरुवात पनि भैसकेको थियो।आम कार्यकर्ता पुर्ण बलिदानि भावसहीत आन्दोलनमा होमिने आत्मगत अवस्था लगभग परिपक्क बनिसकेको थियो।सर्बहारा बर्गिय आम शोषित उत्पीडित जनसमुदाय एकपछी अर्को गर्दै पार्टी र आन्दोलनको वरिपरि गोलबन्द हुने प्रक्रियाको सुरुवात भयको थियो।जहाँ अन्याय अत्याचार र भ्रष्टचार त्यहाँ विप्लव नेतृत्वको नेकपा भन्ने भाष्य स्थापित भयको थियो।बिभिन्न भ्रष्टचारका काण्ड र नाइके हरुमाथि कार्बाही भयो।यहि शिलशिलामा राज्यले प्रतिबन्ध लगायो।राज्यको प्रतिबन्धका बाबजुत पार्टी गतिबिधी भैरहेका थिय।एउटा स्तरमा बलिदानको प्रक्रियापनि सुरुवात भैसकेको थियो।प्रतिबन्धमा राज्य आक्रमक रुपमा प्रस्तुत भयपनि क्रान्तिकारी पक्षबाट रक्षात्मक बाहेक कहि कतै प्रतिरोधको योजना बनेन।जसले गर्दा राज्यले चरम दमन गरयो।सयौ नेता कार्यक्रता गिरफ्तारि र जेलमा बन्दी जीवन बिताउनु पर्याे।हजारौ कमरेडहरुले मुद्धा खेप्नु पर्याे।यहि बेला सरकारसँग वार्ता गरि तिनबुदे सहमति मार्फत शान्तिपुर्ण राजनितिक प्रतिस्पर्धा गर्ने गरि राज्यसँग नेतृत्वले आत्मासमर्पण गर्याे सिधै क्रान्तिकारी हरुमाथी धोका र गद्दारि थियो।अझ त्यहि संसदिय ब्यवस्थालाइ स्वीकार्ने गरि स्थानिय निर्वाचन उपय‍ोग गर्ने गरि केन्द्रीय समितीबैठकमा प्रस्ताब पेश भयो।व्यापक बहसपछी बहुमत केन्द्रीय समितिले यो प्रस्ताब सहि नरहेको निष्कर्ष सहित धर्मेन्द्र बास्तोला कञ्चनको नेतृत्वमा बिद्रोह गरियो।क्रान्तिको नाममा आर्थिक रुपमा जुझारु अर्थबाद,राजनीतिक रुपमा संसदीय संसाेधनवाद र शासकिय महत्वाकांक्षा विप्लवमा देखापर्यो।कञ्चनको नेतृत्वमा पार्टी गठन पश्चात् भ्रष्टाचार र जनजिकासँग सम्बन्धित मुद्दामा केन्द्रीत रहि बिभिन्न आन्दोलन र सँघर्षहरु भय।यसले क्रान्तिकारी जनसमुदायमा फेरि एकप्रकारक‍ आशा जाेगायो तर एकीकृत जनयुद्धको अकर्मण्यता पुर्ण कार्दिशाको बहसमा रुमल्ली रहयो।मोहन बैध,र बिद्रोही मसालसँग पार्टी एकताको नाममा जनयुद्ध र जनआन्दोलन बाट स्थापित आदर्शहरुलाइ ओझेल पर्ने गरि एकता प्रक्रीया अगाडि बढाइयो।जुन क्रान्तिकारी हरुका लागि सैह्य हुने बिषय थिएन।बहुसँख्यक कमरेडहरुले एकताको कुनै ओैचित्य नभयको निष्कर्ष निकाल्दा निकाल्दै वैद्य सँग अपमानजनक रुपमा सैद्धान्तिक बिषयमा छलफल बहस नै नगरि एकता भय‍ो।त्यसपछी कमरेड महाबिरको नेतृत्वमा नेकपा(माओवादी) गठन गरि बिद्रोह गरिय‍ो।जनयुद्ध र जनआन्दोलन बाट स्थापित दिग्गज हस्तीहरु एकपछी अर्को गर्दै संसाेधनवादमा पतित भयपछी माओवादी आन्दोलनका जब्बर बिषयमा उठेका सवालहरुको व्यवहार मार्फत उचित जवाफ दिने वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्य र जनयुद्धको फौजि कार्यदिशा अवलम्बन गर्ने गरि हामी अगाडि बढिरहेका छौ।


प्रतिक्रिया दिनुहोस