• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

कुलेखानी जलाशयको पानीको सतह तीव्र

बिहीबार , असोज २० २०७९०८:०३

कुलेखानी जलाशयको पानीको सतह तीव्र

 कुलेखानी जलाशयमा पानीको तह १ हजार ५२०.८६ मिटरमा पुगेको छ । बिहीबार साँझसम्ममा मकवानपुरमा अवस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र दरमा बढिरहेको छ । जलाधार क्षेत्रमा पानी परिरहेकाले प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको तह बढी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हिजो राति १२ बजेदखि साँझ ६ बजेसम्म करिब १८ घण्टाको अवधिमा १ मिटर २ सेन्टिमिटर पानीको सतह बढेको छ । यसरी नै पानीको सतह बढेमा १५–१६ दिनमा भरिन सक्ने प्राधिकरणका एक अधिकारीले बताए । कुलेखानी जलाशयमा गत वर्ष ३० कात्तिकमा १ हजार ५२९ मिटरसम्म उच्च तहको पानी रेकर्ड गरिएको थियो ।

 अन्य विद्युत् गृहबाट उत्पादित विद्युतले नै माग धान्ने हुँदा मंसिरसम्म कुलेखानीलाई चलाउनु पर्दैन । एक मात्रै जलाशययुक्त आयोजना भएकाले कुलेखानीलाई नेपालको ‘पावर ब्याक–अप’ भनिन्छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।


प्रतिक्रिया दिनुहोस