रण बहादुर वि क
आउनुहाेस एक चल्ने पसल खाेलाै
याे पसल पुरानो भाे
सामान डेट स्क्वायर भाे
ग्राहक भड्किन थाले
नेता रिजाउनै पुगेन
भ्रम फिजाउनै पुगेन
परम्परागत शैली जाेगाउनु छ
क्रान्तिको नाममा
चन्दा उठाउदै
पार्टी फुटाउदै
त्याे बाहेक सबै भ्रम हाे
याे पसल चल्दै चलेन
लगानी डुब्याे
घाटा भाे कमरेड
आउनुहाेस एक चल्ने पसल खाेलाै
खाेलाै न खाेलाै
फेरि एकचोटि
माक्र्सवाद बेचाै
लेनिनवाद बेचाै
माअाेवाद बेचाै
चे काे नाम बेचाै
गाेञ्जालाे काे नाम बेचाै
चेली बेचाै,आमा बेचाै
माटो बेचाै,मुहान बेचाै
जसरी हुन्छ मुनाफा कमाउ
शहर छिराै घर बनाउ
अरुलाई भनाै
कम्युनिस्ट बनाै
आफु निजी सम्पत्ति मा रमाउ
संसदवादी बनाै
पैसा हडपाै
पावर बटुलाै
आउनुहाेस एक चल्ने पसल खाेलाै
क्रान्ति हाेला न हाेला
हाम्रो पसल चल्नै पर्छ
हा हा हा हा हा
पुरानो व्यवस्था ढल्नै पर्छ
अझै चर्को स्वरले भनाै
पुरानो व्यवस्था ढल्नै पर्छ
म सिसिएम पर्नै पर्छ
नत्र नाम बिक्दैन
पसल चल्दैन
नेताले गन्दैन
मेराे गुटमा आईजा भन्दैन
यसैले पसल आवश्यक हाे।कमरेड
आउनुहाेस एक चल्ने पसल खाेलाै।
रण बहादुर वि क
