• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

गजल :जनताहरु जुट्दै गर्लान्

बुधबार, असोज ३ २०८०१०:०४

गजल :जनताहरु जुट्दै गर्लान्

रण बहादुर वि क (युगान्त)

                             ´गजल`

जनताहरु जुट्दै गर्लान् तिमीहरू लुट्दै गर

साथीहरू फुट्दै गर्लान् ,तिमीहरू लुट्दै गर।

अग्लो अग्लो मालेमाकाे,भजन गाउदै हिँड

मुद्दाहरु छुट्दै गर्लान् ,तिमीहरू लुट्दै गर।

पेट मिच्दै भाेकमरिकाे,हावा चल्दा सुकुम्बासी

बस्तीहरु उठ्दै गर्लान् ,तिमीहरू लुट्दै गर।

विरुवा राेप्ने म छदैछु, फुलाउने प्रकृति छदै

फुलेका फुल चुट्दै गर्लान्, तिमीहरू लुट्दै गर।

जग्गा किन्ने काेठाभाडा, तिर्ने पनि चन्दाबाट

आशाहरु टुट्दै गर्लान् ,तिमीहरू लुट्दै गर ।

                                        ३ भदौ २०८०


प्रतिक्रिया दिनुहोस