• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

रामसाईला र रामकान्छा ले बाेलाएकाे #राममाईला

सोमबार, साउन ८ २०८००६:१८

रामसाईला र रामकान्छा ले बाेलाएकाे #राममाईला

सुन है राम माइला

उत्पादन नगर्ने कस्ले भन्यो र राममाईला

अात्म निर्भर नबन्ने कस्ले भन्यो र राममाईला

संसदीय शैलीको उत्पादन

जमिनदार हरुकाे तरिका

अधिया शैलीको उत्पादनले

कहिले पाएर पेटभरि हलियाले

सुन है राममाईला

 

माक्र्स ले लेखेको पुजीमा

लेनिनकाे उत्पादन तरिकामा

माअाेका कृषि ,उद्योग र व्यापारमा

बिचार माेडेर बन्दुक बिसाएर

कहाँ देख्याै र उत्पादनमा जाेडेकाे

कहाँ देख्याै र बाटो माेडेकाे

सुन है राममाइला

 

अरुलाइ नै गाली गर्ने तिम्रो ठेक्का हाेर राममाइला

तिम्रा बिरुद्ध बाेल्नै मिल्दैन र राममाइला

उसाेभय किन बाेल्छाै राममाइला

सुन है राममाइला!

 

यसाे गर्दा कसाे हाेला?

धान राेपाै ,बुद्धचित्त राेपाै उत्पादन बढाउ

बाघ माराै छाला बेचाै उत्पादन बढाउ

रुख काटाै काठ बेचाै उत्पादन बढाउ

खाेला कब्जा गराै गिट्टी बालुवा निकालाै उत्पादन बढाउ

कमिसन मागाै नदिए पेस्तोल देखाउ

महल बनाउ हुस्कि बेचाै उत्पादन बढाउ

चुनाव लडाै पैसा बाडाै उत्पादन बढाउ

उनासीमा त हारीयाे हारीयाे

चाैरासिमा सदस्य जिताै सत्ता चलाउ

मेराे सुझाव कस्तो लाग्यो

फेरि एकचाेटि कान खाेलेर

सुन है राममाइला !!


प्रतिक्रिया दिनुहोस