• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

बंगलादेशको आन्दोलन बारे नेपालको धारणा सार्वजनिक

बुधबार, साउन २३ २०८१०९:५९

बंगलादेशको आन्दोलन बारे नेपालको धारणा सार्वजनिक

२३ साउन काठमाडौं । बंगलादेशमा भइरहेको आन्दोलनका कारण चाँडै प्रजातन्त्र पुनर्स्थापना हुनेमा नेपाल सरकारले अपेक्षा राखेको छ । काेटा आन्दोलनमा बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं ।

आन्दोलनबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं र आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।आन्दोलनले उग्र रुप लिएपछि आफू असुरक्षित ठानेर सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री शेख हसिना भारत पुगेकि हुन ।


प्रतिक्रिया दिनुहोस