१० वैशाख काठमाडौं । श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा भन्ने शहरमा आइतबार भएको हो । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । श्रीलंकाको सैनिक एकेडेमीमा आयोजित प्रतियोगिता हेर्दा करिब ४५ हजार दर्शक सहभागी थिए ।
श्रीलंका सैनिक र श्रीलंका अटोमोबाइल स्पोर्ट्सले प्रतियोगिता आयोजना गरेका थिए । यो घटनापछि प्रतियोगिता रोकिएको थियो । घटनाबारे जाँचबुझ भइरहेको जनाइएको हाे।
