• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउदै

आइतबार, भदौ ९ २०८१०७:००

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउदै

९ भदौ काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् । उनि परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी सम्बन्ध बारे छलफल हुने भएको छ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने छन् । उनी पर्सि नै ओमान फर्किनेछन ।


प्रतिक्रिया दिनुहोस