बार्सिलोना ।
विदेशमा पनि नेपालकै राजनीति ब्याप्त छ । संघ-संस्थाको नेतृत्व चयनमा यसको बाछिटा देखिन्छन् । हुँदाहुँदा एनआरएनए पनि राजनीतिकै सिकार बन्दै अधिवेशन समेत गर्न नसक्ने अवस्थामा छ । दुईचार पैसा विदेशमा चन्दा संकलन गरेर नेपालमा केही परोपकारी काम त हुन्छन् तर कामभन्दा बढी प्रचार नै हुन्छ ।
विदेशमा खोलिएका अधिकांश नेपाली संघसंस्थाहरूका गतिविधि यत्तिमै सीमित देखिएका छन् । स्थानीयस्तरमा न उनीहरूको पहुँच नै पुगेको हुन्छ न सम्बन्ध नै। तर यो भीडभन्दा अलि फरक देखिएको छ ‘नियाल्प पोर्चुगल’।
आप्रवासीहरूको हितमा खोलिएको यो संस्थाले पोर्चुगल सरकारबाट ५० हजार युरो सहयोग प्राप्त गर्दै गत अक्टोवरदेखि ‘नमस्ते पोर्चुगल’ नामको प्रोजेक्ट सुरु गरेको छ।
