• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

राष्ट्रपति बाइडेनले पोल्याण्डबाट रेल चढेर : युक्रेनको भ्रमण

सोमबार, फागुन ८ २०७९०८:२६

राष्ट्रपति बाइडेनले  पोल्याण्डबाट रेल चढेर : युक्रेनको भ्रमण

 अमेरिकी राष्ट्रपति जो बाइडेनले सुटुक्क युक्रेनको भ्रमण गरेका छन् ।रुस–युक्रेन युद्धको वर्ष दिन पुग्नै लाग्दा बाइडेन पोल्याण्डबाट रेल चढेर शनिबार युक्रनको राजधानी किभ पुगेर फर्किसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  २४ फेब्रुअरी 2022 मा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयति अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन भ्रमण हो । अमेरिकाले बाइडेनको युक्रेन भ्रमणको तयारी धेरै पहिलादेखि नै गरिरहेको थियो । तर गत शुक्रबार मात्र निर्णय भएको हो । सुरक्षाका कारण भ्रमण गोप्य राखिएको थियो । भ्रमण पूरा भएपछि अमेरिकाले यसबारेमा रुसलाई पनि जानकारी दिइसकेको ह्वाइट हाउसले जनाएको छ । बाइडेनको भ्रमणले युक्रेनी नागरिक र सेनाको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ, ‘आइतबार राति ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार राष्ट्रपति सोमबार ह्वाइट हाउसमा हुनेछन् र बेलुकी बार्सा प्रस्थान गर्ने छन्, तर बाइडेनले बार्सा जानुअघि नै आफ्नो आधा यात्रा पूरा गरिसकेका छन् ।’ पूर्वघोषित कार्यक्रम अनुसार बाइडेनको ३ दिने पोल्याण्ड भ्रमण सोमबार राति सुरु हुँदै छ र उनी मंगलबार बिहान बार्सा पुग्ने छन् । पोल्याण्डमा समकक्षी एन्द्रेज दुदासँग उनले युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने छन् । अमेरिकाले युक्रेनलाई अहिलेसम्म ३० अर्ब डलर बराबरको सहयोग गरेको छ


प्रतिक्रिया दिनुहोस