• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भारतीय राष्ट्रपति मुर्मुसँग भेट

बिहीबार , जेठ १८ २०८००७:२६

प्रधानमन्त्री  पुष्पकमल दाहाल  प्रचण्डद्वारा भारतीय राष्ट्रपति मुर्मुसँग  भेट

 भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।चार दिने भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको छ ।


प्रतिक्रिया दिनुहोस