• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

लिबियामा ठुलो बाढी: ५हजार बढी मृत्यु ३० हजार भन्दा बढी विस्थापित

बिहीबार , भदौ २८ २०८००९:४४

लिबियामा  ठुलो बाढी: ५हजार बढी मृत्यु ३० हजार भन्दा बढी विस्थापित

२८ भदौ, काठमाडौं । लिबियामा बाढीका कारण ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् । डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस