कार्तिक १ काठमाडौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदशन गरेको छ अमेरिकी साम्राज्यवादी उस्कावटमा इजरायलले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको भन्दै विरोध गरिएको हाे।करिब २/३ हप्ता देखि प्यालेस्टाइन जनताको स्वतन्त्रता लाई हनन गर्दै युद्ध थुपारि रहेको छ ।
प्यालेस्टाइनी जनताको स्वतन्त्रता र बाँच्नपाउने अधिकारको सुनिश्चितताका लागि प्यालेस्टाइनकाे समर्थनमा विरोध प्रदशन गरिएको हाे ।हिजो १:३० बजे पार्टीका कार्यालय सदस्य तथा प्रबक्ता धर्मेन्द्र बास्तोला (कञ्चन ) काे नेतृत्वमा गएको टाेलीले इजरायल दुतावास धुम्बाराई चण्डाेल अगाडि प्रदशर्न गरेको थियो ।
इजरायल दुतावास ले ज्ञापनपत्र बुझ्न नमानेपछि प्रबक्ता बास्तोलाले ज्ञापनपत्र मिसाइल सम्झने अमेरिकी पिछलगु इजरायल दुतावासलाई जनताको संघर्षले बगाईदिने बताउनु भएको छ।
