• यो साता चर्चामा :
साउन १३ गते २०८३ || July 29, 2026

इजरायलमा मारिएका थप दुई जना विधार्थि काे शव पहिचान

सोमबार, कात्तिक १३ २०८००९:२६

इजरायलमा मारिएका  थप दुई जना विधार्थि काे शव पहिचान

 

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका आनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुबैजनाको शव पहिचान भएको इजरायलमा अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।पहिचान पश्चात् पनि हरेक कानुनी प्रक्रिया हुनेभएकोले पुरा गरि जति सक्दाे चाँडो स्वदेश पठाइने छ।


प्रतिक्रिया दिनुहोस